तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिए
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको हो ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा सरुवा गरेको छ भने खोटाङका फणीन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ।
यस्तै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालय अन्तरगत सरुवा भएका छन् ।मन्त्रालयले गत शुक्रवार सरुवा गर्ने निर्णय गरे पनि कार्यान्वयन भने आइतबार मात्रै भएको जनाएको छ ।