सीके राउतको पार्टीले जित्यो दोस्रो गाउँपालिका, बलान बिहुलको अध्यक्षमा यादव निर्वाचित – Nepal Press

सीके राउतको पार्टीले जित्यो दोस्रो गाउँपालिका, बलान बिहुलको अध्यक्षमा यादव निर्वाचित

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै जितेको छ ।

यहाँको अध्यक्षमा जनमतका खेमचन्द्र यादव विजयी भएका छन् । उनले २ हजार ९९४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यादव पूर्वमाओवादी हुन् ।

उनका निकटम प्रतिस्पर्धी नविन कुमार झा २ हजार २५७ मतमा समेटिए ।

माओवादी अध्यक्षका उम्मेदवार पविता कुमारी यादवले मात्र २८८ मत ल्याइन् ।

यस्तै उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २ हजार ६९० मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसकी आशा देवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर