निर्वाचन अघिदेखि मतगणनासम्म एमालेले १५ बुँदामा औंल्यायो यी धाँधली : (पूर्णपाठ) – Nepal Press

निर्वाचन अघिदेखि मतगणनासम्म एमालेले १५ बुँदामा औंल्यायो यी धाँधली : (पूर्णपाठ)

काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा योजनाबद्ध धाँधली भएको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै जसरी पनि निर्वाचन जित्न सत्ता गठबन्धनले धाँधलीको साहरा लिएको आरोप लगाएका हुन् ।

एमालेले आचारसहिंता सच्याउन गरेको आग्रहलाई बेवास्ता गरिएको, निर्वाचन अगाडि गृह प्रशासनको दुरुपयोग गरिएको, मतदानको दिन दर्जनौ स्थानमा बुथ कब्जा गरिएको तथा मतगणनामा पनि धाँधली भएको आरोप लगाएको छ ।

‘हामी सत्तागठबन्धनबाट नेकपा (एमाले) विरुद्ध गरिएको मोर्चाबन्दीको बाबजूद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य रोक्न सरकारसँग माग गर्दछौ’, विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर