प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले साेध्यो २४ घण्टे स्पष्टीकरण (पत्रसहित) – Nepal Press

प्रचण्ड र आरजुलाई निर्वाचन आयोगले साेध्यो २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

प्रचण्डलाई चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जानेछ भन्ने अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

मतदातालाई धम्क्याउने उद्देश्यले दिएको सो अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै आयोगमा निवेदन परेको थियो ।

यस्तै कांग्रेस नेतृ देउवालाई गठबन्धन उम्मेदवारलाई जिताए हरेक वडाबाट ४, ५ जनाका दरले निःशुल्क रूपमा भिसा टिकेटको व्यवस्था गरी मलेसिया पठाउने विषयहरू बोलेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

उनीहरूको विरुद्ध उजुरी परेपछि आयोगले २४ घण्टाभित्र जवाफ माग गर्दै पत्र पठाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर