नेकपा एसकी अर्घाखाची सहइन्चार्ज तथा गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश – Nepal Press

नेकपा एसकी अर्घाखाची सहइन्चार्ज तथा गाउँपालिका उपाध्यक्ष गौतम कांग्रेसमा प्रवेश

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा पाणिनी गाँपालिका उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । गौतम नेकपा एसको अर्घाखाची जिल्ला सहइन्चार्ज समेत थिइन् ।

सोमवार कांग्रेस महामन्त्री गगन थापाले गौतमलाई कांग्रेसमा स्वागत गरेका हुन् । उनले एमाले विभाजनपछि नेकपा एस रोजेकी थिइन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता पुष्पा भुसाल, सन्जय गौतम, डिल्लीराम सुवेदी लगायतले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर