कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन – Nepal Press

कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको टिप्पणी गरेका छन् ।

राप्रपा महाधिवेशनमा आफूविरुद्ध पूर्वराजा ज्ञानेन्द्रसहित निर्मल निवासबाट अवाञ्छित गतिविधि भएको भन्दै छानबिनको माग गरिरहेका थापाले दलको आन्तरिक मामिलामा राजसंस्थाले हस्तक्षेप गरेको आरोप लगाएका छन् ।

राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउन अग्रमणी भूमिका खेलेका पूर्वउपप्रधानमन्त्री थापाले विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने बताएका छन् ।

थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’


प्रतिक्रिया

2 thoughts on “कमल थापाको टिप्पणी- विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था फर्किँदैन

  1. काका तपाइले राजतन्त्र कसरि फाल्ने भन्ने राम्ररि थाहा पाउनुहुन्छ तर ल्याउने कसरि भन्ने थाहा छैन ? उसो त थाहा भए अहिले सम्म के हेरेर बसेको लाज छैन ? एउटा राइको छोरो लाइ दम्काउने नि तरिका हुन्छ नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर