भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडान तत्काल खुला नगर्ने – Nepal Press

भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडान तत्काल खुला नगर्ने

दिल्ली । कोरोनाभाइरसको नयाँ भेरिएन्टलाई लिएर सतर्कता अपनाउँदै भारतले अन्तर्राष्ट्रिय व्यवसायिक उडानलाई तत्काल खुला नगर्ने भएको छ ।

डिसेम्बर १५ देखि व्यवसायिक उडान सुचारु गर्ने पूर्वनिर्धारित योजना रहेपनि यो योजना अझै पोस्टपोन्ड हुनसक्ने जनाइएको छ । अन्तर्राष्ट्रिय उडानमा पुनः गरिएको कडाइ अझै लामो समय रहने समेत भनिएको छ ।

भारतीय राज्यहरुले विदेशबाट हुने उडानमा यसअघि देखि नै कडाइ गर्न थालिसकेका छन् । संक्रमण भेटिएका मुलुकबाट आउने यात्रुलाई कोरोना परीक्षण अनिवार्य गरिएको छ ।

भारतीय नागरिक उड्डयन मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय व्यवसायिक उडान तत्काल खुला नहुने जनाएको हो । उसले विभिन्न मुलुकसँग रहेको एयर बबल प्रणालीलाई निरन्तरता दिने समेत जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर