एकैदिन १३ सयले बढ्यो सुनको मूल्य
नेपाल प्रेस
२०७८ कार्तिक २५ गते १३:०१
काठमाडौं । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज एकैदिन प्रतितोला १३ सयले बढेको छ । आज छापावाल सुनको मूल्य १३ सयले बढेर प्रतितोला ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला ९२ हजार २०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा २० बढेको छ । चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर