प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने बारको घोषणा, भोलि बेन्च बहिष्कार – Nepal Press

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने बारको घोषणा, भोलि बेन्च बहिष्कार

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै दोस्रो चरणको आन्दोलन शुरू गरेको नेपाल बार एशोसियसनले भोलिदेखि आन्दोलनलाई अझ सशक्त बनाउने दाबी गरेको छ ।

सर्वोच्चमा धर्ना बस्न गएका कानून व्यवसायी र प्रहरीबीच झडपको क्रममा प्रहरीको कुटाइबाट केही अधिवक्ता घाइते भएको भन्दै आन्दोलनलाई अझ कडा बनाउने चेतावनी बारको छ ।

नेपाल बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठले भोलि प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने धर्नास्थलबाट घोषणा गरे । ‘प्रधानन्यायाधीशले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । आन्दोलनलाई अझ सशस्कत बनाउँछौं’, अध्यक्ष श्रेष्ठको जिकिर थियो ।

शुक्रबार सबै बेन्च बहिस्कार गर्ने पनि बारले घोषणा गरेको छ । प्रहरी दमनको विरोधमा भोलि सम्पूर्ण इजलास बहिष्कार गरेको बारका महासचिव लीलामणि पौडेल जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर