वीर अस्पतालमा हजार रुपैयाँमा चौबिसै घण्टा पीसीआर परीक्षण सुरु – Nepal Press

वीर अस्पतालमा हजार रुपैयाँमा चौबिसै घण्टा पीसीआर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालले १ हजार रुपैयाँमा पीसीआर परीक्षण सुरु गरेको छ । अस्पतालले विदेश जानेहरुको फोटो र क्युआर कोडको सुविधासहितको पीसीआर परीक्षण १ हजारमै सुरु गर्न थालेको छ ।

अस्पतालको प्रयोगशालामा यो सुविधा २४ सैं घण्टा उपलब्ध हुने वीरका प्रमुख प्रशासकीय अधिकारी भुपेन्द्र बस्नेतले जानकारी दिए ।

सर्वसाधारणलाई सुविधा र राहत पुर्‍याउने उद्देश्यको लागि यो सेवा उपलब्ध गराइएको हो । एक दिनमा १ सयदेखि १५० सम्मको परीक्षण भइरहेको छ । पीसीआर रिपोर्ट मोबाइल र इमेल दुवैमार्फत पठाउने सुविधा सुरु गरेको बस्नेतले बताए ।

उनले भने– शुल्क १ हजार रुपैयाँमात्र रहेकाले सर्वसाधारणलाई सहज र सुलभ हुने भएकाले पीसीआर सुविधा लिन सक्नेछन् ।


प्रतिक्रिया

One thought on “वीर अस्पतालमा हजार रुपैयाँमा चौबिसै घण्टा पीसीआर परीक्षण सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर