दमननाथको दावी– प्रतिनिधिसभा विघटन सदर भए संविधान खारेज – Nepal Press

दमननाथको दावी– प्रतिनिधिसभा विघटन सदर भए संविधान खारेज

काठमाडौं । पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाले प्रतिनिधिसभा विघटन राजनीतिक उपलब्धीमाथिको प्रहार भएको बताएका छन् ।

संविधानसभा सदस्य मञ्चले काठमाडौंमा गरेको ‘प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक कार्यक्रममा बोल्दै ढुंगानाले प्रधानमन्त्री ओलीले सुझबुझपूर्ण ढंगले संविधान असफल बनाउन कदम चालेको आरोप लगाए ।

ढुंगानाले भने– संवैधानिक हिसाबले संसद विघटन हुनै सक्दैन । संविधानबमोजिम निर्णय गर्ने हो भने संसद ब्यूँझनुको विकल्प छैन ।

अदालतले संसद विघटनको निर्णय बदर नगरेमा संविधान नै बदर गरेसरह हुने ढुंगानाको दावी छ । उनी भन्छन्– संविधान हेर्ने हो भने ससंद पुनःस्थापना हुन्छ । अदालतले पुनःस्थापना नगर्ने हो भने संविधान नै खारेज गरिदिएपनि हुन्छ ।

यद्यपि प्रतिनिधिसभा ब्यूँतिए पनि राजनीतिक रुपमा अशक्त भइसकेकोले धेरै काम गर्न नसक्ने ढुंगानाको दावी छ । उनले अदालतबाट संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै अदालतबाट नभए सडकबाट पुनःस्थापना गर्नुपर्ने अवस्था आउनसक्ने बताए ।

संविधान मिचेवापत प्रधानमन्त्री ओलीसंगै मतियारहरुलाई पनि जनताले पाठ पढाउनुपर्ने ढुंगानाको भनाइ छ । राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेर सरकारले सबैलाई सडकमा निम्तो गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर