नेपाल प्रेसका स्तम्भकार डा दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त – Nepal Press

नेपाल प्रेसका स्तम्भकार डा दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त

काठमाडौं । वागमती प्रदेश योजना आयोगको सदस्यमा डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल बुद्धिजीवि परिषद् सचिव तथा एमाले परराष्ट्र मामिला विभाग सदस्य डा. श्रेष्ठ नेपाल प्रेसका स्तम्भकार पनि हुन ।

मेडिकल माईक्रोबायोलोजीमा पिएचडी, मनमोहन प्राविधिक विश्वलिद्यालयमा हाल स्वास्थ्य शिक्षा विज्ञका रुपमा कार्यरत श्रेष्ठ त्रिभूवन विविअन्तर्गत नेशनल कलेजमा स्नातकोत्तरलाई सोही विषय विगत १५ वर्षदेखि अध्यापन गराउँदै आएका छन् ।

उनलाई वागमती मन्त्रिपरिषदले नियुक्त गरेकाे हाे ।

श्रेष्ठका अनुसन्धान लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । श्रेष्ठसँग २०१२ मा अमेरिकाका प्रतिष्ठित शासकीय स्वरुप अध्ययन फेलोशिप पाई अध्ययन गरेको र २०१३ मा चिनियाँ विदेश मन्त्रालयको परराष्ट्र नीति सम्बन्धी फेलोसिप पाएर १ महिना अध्ययन गरेको अनुभव छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर