भोजपुर एमालेमा प्यानलसहित भिड्ने तयारी, यी हुन् आकांक्षी – Nepal Press

भोजपुर एमालेमा प्यानलसहित भिड्ने तयारी, यी हुन् आकांक्षी

भोजपुर । नेकपा एमाले भोजपुरको नेतृत्वका लागि रस्साकस्सीसँगै चुनावको सम्भावना बढेको छ । हिजोदेखि जारी नवौं जिल्ला अधिवेशनमा आकांक्षीहरू प्यानल बनाएरै मैदानमा होमिने तयारी गरेका छन् ।

नेताहरूले सहमतिमा नेतृत्व छान्ने रटान लाए पनि आकांक्षी र प्रतिनिधिको मनोविज्ञान अधिवेशनलाई भोटिङतिरै धकेल्ने देखिएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा अध्यक्षका लागि शरणकुमार राई र मक्कर खड्का भिड्ने निश्चित छ । शरण वर्तमान अध्यक्ष हुन् भने उपाध्यक्ष छन् ।

शरणको प्यानलबाट उपाध्यक्षमा कृपाशुर शेर्पा, सचिवमा ज्ञानेन्द्र कार्की, उपसचिवमा जगत चौहान र उपसचिव (महिला) मा मेरिका राईलाई अघि सार्ने तयारी रहेको बताइएको छ ।

त्यस्तै मक्करको प्यानलबाट उपाध्यक्षमा किरण राई (हालका सचिव), सचिवमा एक्सन राई, उपसचिवमा दौलथ कुलुङ, उपसचिव (महिला) मा रमा राई उठ्ने पक्कापक्की भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर