कतारविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल – Nepal Press

कतारविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अल अमरेत क्रिकेट मैदान–१ मा कतारविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।

नेपाली टीम: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेक यादव, सोमपाल कामी, अभिनाश बोहोरा ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *