मुख्यमन्त्री महराले पाए ४८ सांसदको विश्वासको मत, विपक्षमा कांग्रेस र जनमत (भिडिओ) – Nepal Press

मुख्यमन्त्री महराले पाए ४८ सांसदको विश्वासको मत, विपक्षमा कांग्रेस र जनमत (भिडिओ)

राप्रपा र लोसपा बस्यो तटस्थ

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रवार प्रदेश सभाको चौथो अधिवेशनको दोस्रो बैठकमा उनलाई ४८ सांसदहरूले विश्वासको मत दिएका हुन् । जम्मा सांसद ८७ जना रहेकोमा राप्रपाका एक निलम्बित छन् ।

मुख्यमन्त्री महराको पक्षमा नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले मतदान गरेका हुन् भने विपक्षमा नेपाली कांग्रेसका २७, जनमतका ३ सांसद रहेका थिए । तर जम्मा २८ मत मात्रै विपक्षमा परेको थियो । त्यसै गरी यो प्रक्रियामा राप्रपाका ३ र लोसपाका ३ सांसद तटस्थ बसेका छन् ।

चैत २२ गते नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि २३ गते महरा मुख्यमन्त्री नियुक्त भएका हुन् । २५ गते मुख्यमन्त्रीसहित ३ विना विभागीय मन्त्रीले शपथ लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर