झापा स्पोर्टस अवार्डको मनोनयन सूची सार्वजनिक, यी हुन् पाँच विधाका उत्कृष्ट खेलाडी – Nepal Press

झापा स्पोर्टस अवार्डको मनोनयन सूची सार्वजनिक, यी हुन् पाँच विधाका उत्कृष्ट खेलाडी

झापा । ‘झापा स्पोर्टस् अवार्ड’ को मनोनयनमा परेका खेल प्रतिभाहरूको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।

‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीन-तीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एक-एकजना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिए ।

वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा रोशन मगर (आइटिएफ तेक्वान्दो), प्रारम्भ भण्डारी (पौडी) र अनन्त तामाङ (फुटबल), वर्ष उत्कृष्ट खेलाडी (महिला) मा त्रिशा जवेगू (बक्सिङ), अनुजा कुलुङ राई (कबड्डी) र सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस) रहेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (युवा) मा प्रारम्भ भण्डारी (पौडी), कृतिसरा अधिकारी (बुद्धिचाल) र योगिता काम्बाङ (आर्चरी), पिपल्स च्वाइस खेलाडीमा रुविना क्षेत्री (क्रिकेट), विनिता बुढाथोकी (भलिबल) र सुस्मिता राई (बक्सिङ) र वर्ष उत्कृष्ट प्रशिक्षकमा डम्बर लिम्बू (बक्सिङ), नविन तामाङ (आइटिएफ तेक्वान्दो) र भूपेन्द्र निरौला (बुद्धिचाल) रहेका छन् ।

वर्ष खेलाडी पुरुष र महिलालाई जनही नगद एक लाख र ट्रफी, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार र ट्रफी, पिपल्स च्वाइस खेलाडीलाई नगद २५ हजार र ट्रफी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

पिपल्स च्वाइस खेलाडीको विजेताको छिनोफानो भने खेलकुद पत्रकार मञ्च झापाको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङबाट गरिनेछ ।

‘झापा स्पोर्टस् अवार्ड’ को पाँचौँ संस्करण यही चैत २९ गते बिहीबार बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *