राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसबाट विष्णुदेवीले दिइन् उम्मेदवारी – Nepal Press

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसबाट विष्णुदेवीले दिइन् उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएकी छन् । राष्ट्रियसभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ ।

आज बिहान कांग्रेस संसदीय कार्यसमितिको बैठकले पुडासैनीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । ७६ वर्षीया विष्णुमाया गत माघमा बागमतीमा महिला क्लष्टरबाट राष्ट्रियसभामा निर्वाचित भएकी थिइन् ।

२०३३ सालमा पद्मकन्या क्याम्पसमा नेविसंघमा आबद्ध गाउँ फर्क अभियानको क्रममा पार्टीबाट काठमाडौंको तत्काली भद्रबास गाविस-९ मा वडाध्यक्ष बनिन् ।

त्यसपछि उनी २०४९ सालमा तत्कालीन भद्रबास गाविसको अध्यक्षमा निर्वाचित भएकी थिइन् ।

उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि उक्त पदमा निर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर