‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढिसक्यो’ – Nepal Press

‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढिसक्यो’

काठमाडौं । काठमाडौंको भद्रकालीमा शनिबार भएको प्रदर्शनको क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारबारे गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान कार्यालयले भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएकोसमेत जनाएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा ‘बहुल राष्ट्र घोषणा गर’लगायतका माग राखेर विभिन्न जातीय र धार्मिक समुदाय सम्मिलित प्रदर्शनकारीहरुले आइतबार भद्रकालीमा प्रहरीमाथि नै आक्रमण गरेका थिए । उक्त क्रममा प्रहरीले स्थिति नियन्त्रण लिने क्रममा प्रदर्शनकारी र सर्वसाधारणलाई तितरबितर पार्ने क्रममा प्रहरीबाट एक भिक्षुमाथि दुर्व्यवहार भएको थियो ।

उक्त दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको चौतर्फी आलोचना भइरहेको छ । नेपाल प्रहरीको प्रधान कार्यालयले आइतबार सूचना जारी गर्दै उक्त घटना सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

शनिबार भएको प्रदर्शनकारीहरु उग्र भई प्रहरीमाथि नै आक्रमणमा उत्रिएपछि बल प्रयोग गर्न बाध्य भएको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । उनका अनुसार प्रदर्शनकारीको आक्रमणबाट प्रहरी जवान रामसिंह बोहराको नाकको हड्डी भाँचिएको छ ।

घाइते प्रहरी जवान बोहराको आईसीयूमा राखेर उपचार भइरहेको उनले बताए ।


प्रतिक्रिया

One thought on “‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढिसक्यो’

  1. कारबाही किन गर्नु आन्दोलनमा भिच्छुहरू पनि रहेछन् त्यसकारण प्रहरीलाई कारबाही होइन र गर्नुप्रदैन होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *