आजपाको प्रदर्शनमा बालेनविरूद्ध नाराबाजी- कवाडीमाथि डोजर आतंक बन्द गर (तस्विरहरू) – Nepal Press

आजपाको प्रदर्शनमा बालेनविरूद्ध नाराबाजी- कवाडीमाथि डोजर आतंक बन्द गर (तस्विरहरू)

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ । देशमा बढ्दो भ्रष्टाचार र लुटतन्त्रको विरोधमा आजपाले प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरुले अधिकार र पहिचानको उद्देश्य स्थापित गर्न, महिलालाई ५१ प्रतिशत अधिकार सुनिश्चित गर्न, मनपरी कर तथा महँगी नियन्त्रणदेखि सरकारी बजेटको भागबन्डा रोक्नुपर्नेसहित विभिन्न माग राखेका छन् ।

प्रदर्शनमा कवाडी व्यवसायीहरु पनि संलग्न छन् । उनीहरुले काठमाडौं महानगरका मेयर बालेन शाहविरुद्ध पनि नाराबाजी गरेका छन् । कवाडीमाथि डोजर आतंक बन्द गर भन्दै उनीहरुले बालेनविरुद्ध नाराबाजी गरे ।


प्रतिक्रिया

3 thoughts on “आजपाको प्रदर्शनमा बालेनविरूद्ध नाराबाजी- कवाडीमाथि डोजर आतंक बन्द गर (तस्विरहरू)

  1. कवाडी व्यवस्थित गर्दा अधिकाँश भारतीयहरूले ठाउँ छोडनुपर्ने भयो । दिल्लीको दलाल व्यवस्थित जेसुकै होस् कवाडीको पछि लागेछ ।

  2. अब कवाडी ब्यबसायी हरु ले पनि बालेन को बिरोध गर्न थालेछन। राम्रो काम गर्ने लाई स्याबासी दिनुपर्दैन र कवाडी हरु ? किन यति धेरै कवाडी बनेका ?

  3. कवाडि ब्यबस्थापन त गर्नै पर्छ तर सहरको मद्यभागमा होइन ! यसलाइ सहरबाट अलि पर जङ्गलको छेउछाउमा स्थान बनाउनुपर्छ की , यो दायीत्व सरकारको हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर