संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टेको ११४ वर्षको उमेरमा निधन – Nepal Press

संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टेको ११४ वर्षको उमेरमा निधन

काठमाडौं । संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको निधन भएको छ । मङ्गलवार उनको ११४ वर्षको उमेरमा निधन भएको हो।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् जुआनको मृत्यु भएको जानकारी दिएका छन् ।

सन् १९०९ मे २७ मा जन्मिएका जुआन भेनेजुएलाका बासिन्दा हुन् । सन् २०२२ फेब्रुअरीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनलाई सबैभन्दा वृद्ध व्यक्ति घोषित गरेको थियो । त्यति बेला उनको उमेर ११२ वर्ष २५३ दिन थियो । वर्ष २०२२ को रिपोर्ट अनुसार उनका ११ छोरा, ४१ नातिनातिना, १८ जना पनाति र १२ जना खनाती छन्।

जुआन पेसाले किसान थिए । १० जना छोराछोरीमध्ये जुआन परिवारको नवौँ सन्तान थिए। ‘५ वर्षको उमेरदेखि जुआनले आफ्ना बुबा र भाइहरूसँग खेतमा काम गर्न थालेका थिए । उनीहरूलाई उखु र कफी खेतीमा सहयोग गर्थे,’२०२२ को गिनिज स्टेटमेन्टमा भनिएको छ।

त्यसपछि उनी सेरिफ (स्थानीय प्रहरी अधिकृत) भए र आफ्नो क्षेत्रमा जग्गासम्बन्धी समस्या समाधान गर्न थाले । तर, त्यो समयमा पनि उनले खेतीलाई भने निरन्तरता दिइरहे। सन् १९३८ मा जुआनले एडियोफिना गार्सियासँग विवाह गरे । एडियोफिनाको सन् १९९७ मा मृत्यु भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर