आन्डमन र निकोबार टापुमा भारतले परीक्षण गर्‍यो ५०० किलोमिटरसम्म मार हान्ने मिसाइल – Nepal Press

आन्डमन र निकोबार टापुमा भारतले परीक्षण गर्‍यो ५०० किलोमिटरसम्म मार हान्ने मिसाइल

काठमाडौं । भारतले आफ्नो देशको टापु आन्डमन र निकोबार क्षेत्रमा लामो दुरीको ब्रामस मिसाइल परीक्षण गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार रुससँग मिलेर बनाएको ब्रामस मिसाइलको परीक्षण शुक्रवार भएको हो ।

चीनको स्पेस ट्रयाकिङ पानीजहाज युआन वाङ ३ को यात्रा भएको केहि समयपछि नै यस्तो परीक्षण हुनु अर्थपूर्ण भएको आरटीले भारतको इन्डियन डिफेन्स रिसर्च विङलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

पानीजहाज देखि हवाईजहाजसम्मबाट मार हान्न सकिने ध्रुव ब्रामस वारियर्स नामको यो मिसाइलले २९० किलोमिटरदेखि ५०० किलोमिटर सम्मको दूरीमा मार हान्ने बताइएको छ ।

ब्रामस मिसाइल लगायतका अन्य सुरक्षा क्षेत्रमा भारत सरकारले ३ अर्ब ३० करोड बजेट विनियोजन गरेको आरटीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर