मेक्सिकोको समुद्री किनारमा ८ आप्रवासी चिनियाँको लास फेला – Nepal Press

मेक्सिकोको समुद्री किनारमा ८ आप्रवासी चिनियाँको लास फेला

काठमाडौं । मेक्सिकोको समुद्री किनारमा आठ आप्रवासी चिनियाँको लास फेला परेको छ । सात महिला र एक पुरुषको लास फेला परेको बताइएको छ ।

बीबीसीका अनुसार मेक्सिकोको ओकाक्साका क्षेत्रको समुद्रमा ती लास भेटिएको हो । डुंगा पल्टिएर उनीहरूको मृत्यु भएको अनुमान छ । गैरकानूनी आप्रवासीहरूले प्रयोग गर्ने बाटोमा उनीहरूको लास शुक्रबार भेटिएको बताइएको छ । मेक्सिकोको ग्याँटेमालाको सीमामा रहेको प्रान्त चियापासबाट छुटेको डुंगा दुर्घटनामा परेको बताइएको छ ।

मेक्सिकन चालक रहेको उक्त डुंगामा एकजना सकुशल रहेको बताइएको छ । तर, चालकको अवस्था अज्ञात छ । मेक्सिकोको चिनियाँ राजदूतावाससँगको सहकार्यमा मृतकहरूको पहिचान खुलाउने प्रयत्न गरिएको बीबीसीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर