कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोइराला (भिडिओ) – Nepal Press

कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोइराला (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केही महिनाभित्रै नयाँ सत्ता समीकरण टुट्ने दाबी गरेका छन् ।

काठमाडौंमा आयोजित बीपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारणसभामा बोल्दै नेता कोइरालाले कांग्रेस नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्ने दाबी गरेका हुन् ।

कांग्रेसले विपक्ष भएकोले सत्तामा जान कोसिस गरिराख्ने र त्यो छिट्टै सफल हुने उनको जिकिर थियो ।

नेता कोइरालाले अहिले नयाँ सत्ता समीकरणले केन्द्रपछि प्रदेशमा सोहीअनुसारको सरकार बन्दै जाने उल्लेख गरे ।

‘गठबन्धन बन्ने र भत्किने कुराले देश चाहिँ बन्दैन’, उनले भने, ‘यसलाई रोक्न निर्वाचन प्रणालीमै सुधार गर्नुपर्छ । राष्ट्रियसभालाई समावेशी समानुपातिक प्रतिनिधित्व गराउने र प्रतिनिधिसभालाई प्रत्यक्ष निर्वाचित हुने निर्वाचन प्रणाली अवलम्बन गरेमात्रै कुनै एक दलले बहुमत ल्याउने र मुलुकमा राजनीतिक स्थायित्व र विकास निर्माणको कामले गति लिनसक्छ ।’

नेता कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर नजाने अडान दोहोर्‍याए ।


प्रतिक्रिया

One thought on “कांग्रेसको नेतृत्वमा छिट्टै नयाँ सत्ता गठबन्धन बन्छ : शेखर कोइराला (भिडिओ)

  1. काँग्रेसीहरू लुटन नपाएर छटपटाईरहेका छन् । ४ वर्ष सत्ता बाहिर राखिदिनु सबै लुटेराहरूले काँग्रेस छोडिसक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर