अदालतका तहसीलदारलाई हनिट्र्यापमा पार्ने युवती कारागार चलान – Nepal Press

अदालतका तहसीलदारलाई हनिट्र्यापमा पार्ने युवती कारागार चलान

दाङ । जिल्ला अदालतका कर्मचारीलाई हनिट्र्यापमा पार्ने महिला कारागार चलान भएकी छन् । तुलसीपुर ६ मोतिपुरकी २६ वर्षीया समीक्षा सेढाँइ कोइरालाले आफूलाई हनिट्र्यापमा पारेको भन्दै अदालतका एक कर्मचारीले उनीविरूद्व प्रहरीमा उजुरी दिएका थिए ।

प्रहरी उनलाई अपराधिक लाभ लिन खोजेको अभियोगमा अनुसन्धानगरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश लोकबहादुर हमालको इजलासले १ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो ।

अदालतले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि उनलाई चैत ७ गते तुलसीपुर कारागार चलान गरिएको श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिएका छन् । ती महिलाले सामाजिक संजाल मार्फत तहसीलदारले आफूलाई अदालत परिसरमै बलात्कार गरेको आरोप लगाएर पैसा असुल्न खोजेको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर