हाजिरी जमानीमा छुटे महरा, छोराको जिम्मा लगाएर पठाइयो – Nepal Press

हाजिरी जमानीमा छुटे महरा, छोराको जिम्मा लगाएर पठाइयो

काठमाडौं । सुन तस्करी आरोपमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्वास्थ्यका कारण महरालाई छाडिएको जनाएको छ ।

सीआईबी प्रवक्ता होबिन्द्र बोगटीले छोरा एटम बोहराको जिम्मा लगाएर महरालाई छाडिएको जानकारी दिए ।

‘महराको स्वास्थ्य अवस्थाका कारण उहाँलाई हाजिरी जमानीमा छाडिएको हो’, एसपी बोगटीले भने ।

उनलाई चैत ५ गते कपिलबस्तुबाट पक्राउ गरिएको थियो ।

महरालाई अदालतले उनको स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै अस्पतालमा राख्न निर्देशन दिएको थियो । त्यसै अनुसार उनी नर्भिक अस्पतालमा भर्ना भएका थिए । प्रहरीले बुधबार र बिहीबार दुई दिन अस्पतालबाटै ल्याएर बयान लिएको छ । उनको बयान पनि सकिएको छ र सुन तस्करीका आरोपीलाई फोन गरेको बाहेक अरु ठोस प्रमाण नभेटिएको स्रोत बताउँछ ।

महरा राम्रोसित बोल्न र हिँड्न सकिरहेका छैनन् । उनले ८ किसिमको औषधि नियमित सेवन गरिरहेको पाइएको छ । स्रोतकाअनुसार महराले टीबीदेखि मस्तिष्कको नशासम्मको समस्या बोकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *