सुन तस्करीमा पक्राउ परेका दिपेशलाई सबा अर्ब सहकारी ठगीको अनुसन्धान गर्न बुटवल ल्याइयो – Nepal Press

सुन तस्करीमा पक्राउ परेका दिपेशलाई सबा अर्ब सहकारी ठगीको अनुसन्धान गर्न बुटवल ल्याइयो

रुपन्देही । शुक्रबार दिउँसो काठमाडौँमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुनलाई सहकारी ठगीबारे अनुसन्धान गर्न राती बुटवलमा ल्याइएको छ ।

सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले यहाँ ल्याइएको हो । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध छ ।

बुटवलका १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ ।

उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए । रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौँबाट झिकाइएको जनाएका छन् । तर काठमाण्डौ प्रहरीले उनलाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको सूचना दिउसो दिएको थियो ।

सुन तस्करीबारे अनुसन्धान गर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले यहाँ ल्याइएको आंकलन गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले सुप्रिम सहकारीका वचतकर्ताले सबा १ अर्ब रकम अपचलन गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई बुटवलमा राती नै ल्याइएको पुष्टि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर