मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन, आलोपालोको सम्झौता भएको होइन : ओली (भिडिओ) – Nepal Press

मलाई प्रधानमन्त्री बन्ने इच्छा छैन, आलोपालोको सम्झौता भएको होइन : ओली (भिडिओ)

देउवालाई ओलीको आग्रह: बसौँ न, कुरा गरौंन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री आलोपालो गर्ने बारे गठबन्धनभित्र कुनै सम्झौता नभएको प्रष्ट पारेका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्ने इच्छासमेत नभएको बताए ।

आज संसदमा बोल्दै ओलीले प्रधानमन्त्रीको कार्यकाल बाँडफाँडबारे भएको चर्चाका सम्बन्धमा प्रष्ट पारेका हुन् ।

ओलीको भनाइ यस्तो छ ।

प्रधानमन्त्रीको कार्यकाल बाँडेबाडका चर्चाहरू अखबारमा देखेँ । यस्तो चर्चाले यो सरकार परिवर्तन किन गरेको भन्ने प्रश्नको गरिमा घटाएको छ । यो गलत कुरा हो । बाहिर आएजस्तो १३/१३ वर्ष, वा १५/१५ वर्षको कसैले गरेको छैन । प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन बनेको होइन । मलाई इच्छा छैन प्रधानमन्त्री बन्ने । मेरो नाम पनि जोडिएको छ क्यार । प्रधानमन्त्री जोसुकै होस । कांग्रेसलाई बसेर कुरा गरौँ न सही रुपमा भनेर भनेको । वर्णाश्रम व्यवस्थामा भात दाल चल्दैन भनेझैँ एमालेसँग कुरा चल्दैन रे कांग्रेसको । शेरबहादुर जीलाई फेरि पनि भन्न चाहन्छु । बसौँ न कुरा गरौँ न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर