गठबन्धन बाहिरका दलहरूसँग छलफलपछि राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको तयारी – Nepal Press

गठबन्धन बाहिरका दलहरूसँग छलफलपछि राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसको संसदमा रहेका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा शनिबार बिहान बैठक बसेको हो ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी दिनेबारे छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘आज राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको निर्वाचनबारे छलफल भएको हो । दुवैमा उम्मेदवारी दिने कांग्रेसको तयारी छ । त्यसका लागि गठबन्धन बाहिरका दलहरुबीच छलफलपछि निष्कर्षमा पुग्छौं ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेर्नुअघि नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा ल्याउने कांग्रेसको तयारी थियो। तर, अहिले प्रचण्डले कांग्रेसबाट पटक पटक घात भएको निष्कर्षसहित गठबन्धन फेरेपछि सिटौलाको सम्भावना टुंगिएको छ।

राष्ट्रियसभामा माओवादी, एमाले, नेकपा एकीकृत समाजवादी र जसपाको गरी पर्याप्त बहुमत छ । गठबन्धनमा आबद्ध रास्वपाको राष्ट्रियसभामा सहभागिता छैन । गठबन्धन दलबीच अध्यक्ष माओवादी र एमालेले उपाध्यक्ष राख्ने सहमति भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर