गर्भपतनको अधिकार संविधानमा राख्ने पहिलो देश बन्यो फ्रान्स – Nepal Press

गर्भपतनको अधिकार संविधानमा राख्ने पहिलो देश बन्यो फ्रान्स

काठमाडौं । महिलाले गर्भपतन गर्न पाउने अधिकार भएको पहिलो देश फ्रान्स भएको छ । फ्रान्सका सांसदहरुले फ्रान्सेली सदनमा फेब्रुअरी २८ मतदान गरेर आज यस्तो व्यवस्था गरेका हुन् ।

सन् २०२२ नोभेम्बर २४ मा फ्रान्सको तल्लो र माथिल्लो सभामा वामपन्थी ढल्कुवा दल एलएफआईको प्रस्तावमा एक विधयेक पेश गरिएको थियो । त्यसैको निरन्तरताको रुपमा मंगलबारको नयाँ व्यवस्था आएको हो ।

सिनेटमा भएको मतदानमा झण्डै ५०० सांसद सहभागी भएको तथा ३० जना परम्परावादी सांसद भने अनुपस्थित भएको जर्मनीको विश्व च्यानल डीडब्लूले उल्लेख गरेको छ । डीडब्लूका अनुसार फ्रान्सका परम्परावादीहरु पनि गर्भपतनको मुद्दामा सकारात्मक भएकोले यो मुद्दा सहज रुपमा संविधानमा पर्न सफल भएको हो ।

सन् १९७४ बाटै फ्रान्समा गर्भावस्था अन्त्य गर्न पाउने कानूनी अधिकारको व्यवस्था भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर