सैन्य सहायताबारेमा चीन र माल्दिभ्सको हस्ताक्षर – Nepal Press

सैन्य सहायताबारेमा चीन र माल्दिभ्सको हस्ताक्षर

काठमाडौं । दक्षिण एसियाली टापु मुलुक माल्दिभ्सले चीनसँग सैन्य सम्झौता गरेको छ । माल्दिभ्सको मिडिया आउट लेट अटोल टाइम्सका अनुसार माल्दिभ्सको रक्षा मन्त्रालयले सुरक्षा सम्झौता गरेको उल्लेख गरेको जानकारी सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको जानकारी अनुसार माल्दिभ्सको तर्फबाट रक्षा मन्त्री महोमद घासन मौमुन र चीनको तर्फबाट चीनको अन्तर्राष्ट्रिय सैन्य सहायता कार्यालयका मेजर जनरल चाङ पाओछुनले हस्ताक्षर गरेका छन् ।

गत जनवरीमा चीनको भ्रमण सकेर आएका माल्दिभ्सका चीनमैत्री भनेर चिनिने राष्ट्रपति महोमद मैजू देश फर्किएको दुई महिनामा सुरक्षा सम्झौता भएको जानकारी सार्वजनिक भएको छ । यद्यपि, सुरक्षा सम्झौतामा के के छन् ? के के गर्ने सहमति भएको छ भन्ने जानकारी भने माल्दिभ्सको सरकारले सार्वजनिक नगरेको अटोल टाइम्सले उल्लेख गरेको छ ।

माल्दिभ्सका भारतीय सैनिकहरू फिर्ता गर्ने सम्झौता गरेको माल्दिभ्स सरकारले चीनसँग भने नयाँ सैन्य सम्झौता गरेपछि अहिले यो कुराले व्यापक चर्चा पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर