मन्त्रिपरिषद् चार सदस्यीय, तर २२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड – Nepal Press

मन्त्रिपरिषद् चार सदस्यीय, तर २२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड

काठमाडौं । नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रीमण्डल बनेको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले सपथग्रहण गरेका हुन् ।

सपथ ग्रहण गरे पनि मन्त्रीहरुलाई कुनै मन्त्रालय दिइएको छैन । एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल विनाविभागीय मन्त्री बनेका छन् ।

मन्त्रीहरुको जिम्मेवारी नतोकिँदा सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड स्वयंले लिएका छन् । राष्ट्रपति कार्यालयको सूचनाअनुसार २२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड बनेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको मन्त्रालय नतोकिएकाले उनीहरुले पदभार ग्रहण पनि गर्ने छैनन् । उनीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन् भने प्रधानमन्त्री कार्यालयमा हाजिर गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर