रुस-युक्रेन युद्धमा रहेका नेपालीको उद्धार गर्न राप्रपाद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता – Nepal Press

रुस-युक्रेन युद्धमा रहेका नेपालीको उद्धार गर्न राप्रपाद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

रुस र युक्रेनबीचको युद्धमा पसेका वा सहभागी भएका नेपालीहरुलाई उद्धारको विषयमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् ।

उनको प्रस्तावमा सांसदहरु वीना लामा, अनिशा नेपाली र वीना जैसवालले समर्थन जनाएका छन् ।

उनीहरुले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ अन्तर्गत जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल तथा सरकारलाई कार्यान्वयन गर्न माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर