स्वास्थ्यमन्त्री बस्नेतको जिकिर- उजुरी दर्ता गर्दैमा दोषी हुँदैन – Nepal Press

स्वास्थ्यमन्त्री बस्नेतको जिकिर- उजुरी दर्ता गर्दैमा दोषी हुँदैन

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले टेरामक्स प्रणालीमा कुनै अनियमितता नभएको जिकिर गरेका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले निजी दूरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामक्स प्रणालीको कुरा निकालिएको टिप्पणी गरे ।

प्रतिपक्षीले राजीनामा मागिरहेका बेला उनले भने, ‘उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपी भन्न मिल्दैन । दोषी देखिए पदमा बस्दिन ।’

एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रूपमा जोगाउन खोजिएको शंकासमेत उनले गरे ।

आफूले राष्ट्रका लागि काम गरेको र कुनै गल्ती नगरेको उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “स्वास्थ्यमन्त्री बस्नेतको जिकिर- उजुरी दर्ता गर्दैमा दोषी हुँदैन

  1. भएका नियुक्ति भत्काएर नयँ नियुक्ति गरेर पैसा खाने बाहेक केही काम गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर