आईएम-१ मिशनको ‘ल्यान्डर’ ले चन्द्रमामा गर्यो सफलतापूवर्क अवतरण – Nepal Press

आईएम-१ मिशनको ‘ल्यान्डर’ ले चन्द्रमामा गर्यो सफलतापूवर्क अवतरण

काठमाडौं । इन्ट्युटिभ मेसिनको ‘आईएम–१ ल्यान्डर’ ले चन्द्रमामा सफल अवतरण गरेको छ ।

आईएम–१ मिसनको ल्यान्डरले २३ फेब्रुअरी साझ ६ बजेर २३ मिनेटमा चन्द्रमाको सतहमा सफल अवतरण गरेको नाशा र इन्ट्युटिभ मेसिन कम्पनीले एक्समार्फत सार्वजनिक गरेका हुन् । उक्त ल्यान्डर अमेरीकाले करिब आधा दशकपछि चन्द्रमामा सफतापूर्ण अवतरण गरेको उल्लख गरेको छ ।

गत आईतबार मात्रै आईएम–१ मिसनको तस्बिरहरूको पहिलो ब्याच सार्वजनिक गरिएको थियो । त्यस्तै, इन्ट्युटिभ मेसिनले पहिलो पटक लिक्विड (तरल) मिथेन र लिक्विड (तरल) अक्सिजन इन्जिनको इन–स्पेस इग्निसिन(अन्तरिक्ष प्रज्वलन) को मार्क लगाएको उल्लेख गरेको थियो ।

आईएम–१ मिसनले ११८ मिलियन डलरको टास्क अर्डर अन्तर्गत एजेन्सीको कमर्शियल लुनार पेलोड सर्भिस (सीएलपीएस) कार्यक्रमको एक भागको रूपमा छ । भने, यसपछि पनि अर्को यान अन्तरिक्षमा पाठाउने संकेत दिएको छ ।

लुनारले चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा मालापर्ट ए क्रेटर नजिकैको स्थानमा सूर्यास्त नभएसम्म करिब एक हप्तासम्म अवलोकन गर्न उल्लेख गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर