थानकोट आइपुगेका मिटरव्याजपीडितलाई एमालेको स्वागत, समर्थनमा केन्द्रीय कमिटीले प्रस्ताव पास गर्ने – Nepal Press

थानकोट आइपुगेका मिटरव्याजपीडितलाई एमालेको स्वागत, समर्थनमा केन्द्रीय कमिटीले प्रस्ताव पास गर्ने

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं आएको मिटरव्याज र लघुवित्तपीडितहरूलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्वागत गर्ने भएको छ । मिटरव्याजपीडितहरू अहिले थानकोटमा आइपुगेका छन् ।

एमाले काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलेको नेतृत्वमा काठमाडौं जिल्ला कमिटी र काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले थानकोटमा पुगेर स्वागतसहित मागमा प्रतिवद्धता जनाउने भएका हुन् ।

एमालेको केन्द्रीय समितिको बैठक तीन दिनदेखि पार्टी मुख्यालयमा च्यासलमा जारी छ । मिटरव्याज र लघुवित्तिपीडितहरूको पक्षमा बैठकले प्रस्ताव पनि पारित गर्ने तयार गरेको छ । २३ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरू माग पूरा नभएसम्म घर नफर्किने अडानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर