लुभूमा ‘महालक्ष्मी महोत्सव’ को रौनक (तस्बिरहरू) – Nepal Press

लुभूमा ‘महालक्ष्मी महोत्सव’ को रौनक (तस्बिरहरू)

ललितपुर । महालक्ष्मी नगरपालिका ललितपुरको आयोजनामा जारी ‘महालक्ष्मी महोत्सव २०८०’ मा उत्साहजनक सहभागिता देखिएको छ ।

शनिबारदेखि लुभूमा सुरू महोत्सव भोलिसम्म चल्नेछ । महोत्सवको उद्घाटनसत्रमा बाजागाजासहित परम्परागत पोशाकमा वडाका प्रतिनिधि, संघसंस्था, विद्यालय, दलका नेता तथा कार्यकता र स्थानीयको उल्लेख्य उपस्थिति थियो ।

नेकपा एमालेका संघीय सांसद प्रेमबहादुर महर्जन, मेयर हरिगोविन्द श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले महोत्सवको संयुक्तरूपमा उद्घाटन गरे ।

पहिलो दिन कलाकारहरू कुन्ति मोक्तान, नवराज घोरासैनी, शिवशंकर रिजाल (जोगिन्दर) र सुरेन्द्र केसी (मुलाको साग), हास्य कलाकार राजारामको विभिन्न प्रस्तुतिमा दर्शकहरूले भरपूर साथ दिएका थिए ।

स्थानीय खानाको परिकार, हस्तकलाका सामानलगायत नगरलाई चिनाउने विविध स्टलले महोत्सवको आकर्षणलाई थपेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर