एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीमले बनाए सर्वाधिक रनको साझेदारीमा राष्ट्रिय कीर्तिमान – Nepal Press

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीमले बनाए सर्वाधिक रनको साझेदारीमा राष्ट्रिय कीर्तिमान

काठमाडौं। नेपालका अनिल शाह र भीम सार्कीले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको साझेदारीको राष्ट्रिय कीर्तिमान बनाएका छन्।

उनीहरुले कुशल भुर्तेल र आसिफ शेखको नाममा रहेको एक सय ७१ रनको साझेदारीको राष्ट्रिय कीर्तिमान तोडेका हुन्।

क्यानडाविरुद्ध अहिले भइरहेको खेलमा अनिल र भीमले दोस्रो विकेटका लागि एक सय ७८ रनको साझेदारी गरिसकेका छन्।

यसअघि नेपालका लागि रोहित पौडेल, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र पारस खड्काले एकदिवशीय अन्तर्राष्ट्रिय शतक बनाएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *