आगामी बजेटको सिलिङ तोक्न ४ बजे बैठक बस्दै – Nepal Press

आगामी बजेटको सिलिङ तोक्न ४ बजे बैठक बस्दै

काठमाडौ । सरकार आगामी आर्थिक वर्ष (२०८१/८२) बजेट निर्माणमा जुटिसकेको छ । राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई आगामी आवको बजेट सिलिङ दिँदैछ । त्यसका लागि ४ बजे बैठक बस्दैछ ।

बैठकले बजेटको सिलिङ फाइनल गरेर अर्थमन्त्रालयलाई पठाउने आयोग स्रोतले बतायो । माघ मसान्तभित्र स्रोत समिति बैठक बसेर सिलिङ तय गर्ने गरी समय तोकिएको हुँदा अर्थलाई पठाउने बजेटको सिलिङ आजै निर्धारण हुने बताइएको छ । सरकारले बजेटको क्यालेण्डरसमेत संशोधन गरेको छ ।

फागुन पहिलो सातासम्म आयोगले मन्त्रालयगत सिलिङ दिनेछ । फागुन मसान्तभित्र बजेटको सिद्धान्त तथा प्राथमिकता सार्वजनिक हुनेछ । आर्थिक सर्वेक्षण जेठ ८ मै संसदमा पेस गर्नुपर्ने छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर