इजरायललाई गुप्तचरी गरेको आरोपमा कतारमा थुनिएका आठ भारतीय जलसेनाका पूर्व अधिकारी रिहा – Nepal Press

इजरायललाई गुप्तचरी गरेको आरोपमा कतारमा थुनिएका आठ भारतीय जलसेनाका पूर्व अधिकारी रिहा

काठमाडौं । इजरायलको लागी गुप्चतर गरेको आरोपमा कतारले पक्राउ गरेका भारतीय जल सेनाका आठ अधिकारीहरू थुनामुक्त भएका छन् ।

बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार उनीहरूलाई कतारी अदालतले रिहाइ गरेको हो । धह्रा ग्लोबल नामक कतारी कम्पनीमा काम गर्ने उनीहरूलाई गत डिसेम्बरमा मृत्युदण्डको सजाय भएको सार्वजनिक भएको थियो ।

भारतले कूटनीतिक पहल गरेपछि मृत्युदण्डलाई जेल जनवरीमा सजायमा रुपान्तरण गरिएका खबरहरू आएका थिए । गत अक्टोबरमा भारतले कतारको निर्णयले दुःखद आश्चर्यमा परेको प्रतिक्रिया दिएको थियो ।

सन २०४८ सम्म भारतले कतारबाट ७८ अर्ब डलरको ग्याँस किन्ने दीर्घकालीन सम्झौता गरेको चर्चाका बिच आठ भारतीय जल सेनाका पूर्व अधिकारीहरू थुनामुक्त भएको खबर सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर