सुरक्षा कारण देखाएर फ्रान्सका राष्ट्रपतिको युक्रेन भ्रमण रद्ध – Nepal Press

सुरक्षा कारण देखाएर फ्रान्सका राष्ट्रपतिको युक्रेन भ्रमण रद्ध

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुइल म्याक्रोनले युक्रेन भ्रमण रद्ध गरेका छन् । फ्रान्सेली म्यागाजिन च्यालेन्जस्ले लेखेको समाचार साभार गरेर रुसी विश्व च्यानल आरटीले दिएको समाचार अनुसार सुरक्षा कारण देखाएर म्याक्रोनले भ्रमण रद्ध गरेका हुन् ।

फेब्रअरी १३ र १४ को लागी तय भएको भ्रमण रद्ध भएको हो । युक्रेनको ब्ल्याक सीमा रहेको युक्रेनी सहर ओडिसा भ्रमण तय गरेका म्याक्रोनले भ्रमण रद्ध गरेका हुन् । सन २०२२ मा रुसले युक्रेनमा हमला गरेको चार महिनापछि युक्रेन भ्रमण गरेका थिए । उनी सन २०२२ को जुन महिनामा युक्रेन ओर्लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर