क्यानडाविरुद्ध नेपाललाई चौथो सफलता, अर्धशतक प्रहार गर्ने धलिवाल आउट – Nepal Press

क्यानडाविरुद्ध नेपाललाई चौथो सफलता, अर्धशतक प्रहार गर्ने धलिवाल आउट

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई ललित राजवंशी चौथो सफलता दिलाएका हुन् ।

२७ औं ओभरको अन्तिम बलमा ललितले अर्धशतक प्रहार गरेका नभनीत धलिवाललाई आउट गरेका हुन् । उनी ५० रनमा आउट भए । यसअछि क्यानडाका आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२ र निकोलस किर्तोन ३ रन बनाएर आउट भएका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ३१ ओभरमा ४ विकेट गुमाउँदै १११ रन बनाएर खेलिरहेको छ । यसअघि कुशल मल्ल, आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *