सिरोहियालाई जनकपुर ल्याइयो, आजै अदालतमा पेश गरिने – Nepal Press

सिरोहियालाई जनकपुर ल्याइयो, आजै अदालतमा पेश गरिने

जनकपुरधाम । नागरिकता प्रकरणमा छानविनका लागि पक्राउ परेको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले आज जनकपुरधाम ल्याएको छ ।

काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै अध्यक्ष सिरोहियालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै प्रहरीले धनुषा लगेका थिए ।

उनलाई आज विहान जिल्ला प्रहरी कार्यालय ल्याएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । उनले भने, ‘अहिले भर्खर आइपुग्यो । आजै अदालतमा पेश गर्छौं ।’

अध्यक्ष सिरोहियाले फरक फरक नागरिकता विवरण विभिन्न निकायमा पेश गरेको दावी गर्दै उनीमाथि छानविन गर्न जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । धनुषा जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पक्राउ गरिएको हाे ।


प्रतिक्रिया

One thought on “सिरोहियालाई जनकपुर ल्याइयो, आजै अदालतमा पेश गरिने

  1. कानून बमोजिम कारवाही गर । शिरोहिया कानूनभन्दा माथि छैन । उसको अपराध कर्म र दलाली अनि मोलमलाईलाई प्रेससँग जोडने चेष्टा नगरौ । उसको लागि दलाली गर्ने र शिरोहियाका भरौटेहरू सावधान । उसलाई लेखेको कारण समातेको होईन । दुईवटा नागरिकता बनाएकाले कानून बमोजिम कारवाही गरेको हो । यस अघि उसलाई बचाउने र उसको दलाली गर्ने काँग्रेस थियो र कारवाही भएन । अहिले केही गरौं भन्ने रवि छन् र यो काम सम्भव भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *