यू-१९ विश्वकप फाइनल : भारतलाई अस्ट्रेलियाले दियो २५४ रनको लक्ष्य – Nepal Press

यू-१९ विश्वकप फाइनल : भारतलाई अस्ट्रेलियाले दियो २५४ रनको लक्ष्य

काठमाडौं । आइसिसी यू-१९ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतसामु २५४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

दक्षिण अफ्रिकाको बेनोनीमा टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदैमा २५३ रन बनायो ।

अस्ट्रेलियाका लागि हर्जस सिंहले ५५ रन बनाए । कप्तान ह्युज वेइबगेनले ४८ रन, ओपनर ह्यारी डिक्सनले ४२ र ओलिभर पिकले ४६ रन बनाए ।

बलिङमा भारतका राज लिम्बानीले ३ र नमन तिवारीले २ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *