खतरनाक फर्ममा ग्लेन म्याक्सवेलः वेस्ट इन्डिजविरुद्ध ५५ बलमा जोडे १२० रन – Nepal Press

खतरनाक फर्ममा ग्लेन म्याक्सवेलः वेस्ट इन्डिजविरुद्ध ५५ बलमा जोडे १२० रन

काठमाडौं । अष्ट्रेलियाका विष्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल शानदार लयमा छन् । गत एक दिवसीय विश्वकपमा चमत्कारिक दोहोरो शतक हानेको उनले आफ्नो त्यही फर्मलाई निरन्तरता दिँदै आज वेस्ट इन्डिजविरुद्धको टी-२० म्याचमा आक्रामक शतक प्रहार गरे ।

अष्ट्रलियाको एडिलेडमा आयोजित दोस्रो टी-२० मा वेस्ट इन्डिजले टस जितेर अष्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो । ५.३ ओभरमा ५७ रन जोड्दो दोस्रो विकेट गुमेपछि म्याक्सवेल क्रिजमा आए । उनको धुवाँधार ब्याटिङले वेस्ट इन्डिजको बलिङ आक्रामक धुजाधुजा भयो ।

म्याक्सवेलले ५० बलमा शतक पूरा गरेका थिए । उनी ५५ बलमा १२० रन बनाउँदै अन्त्यसम्म नटआउट रहे । उनले ८ छक्का र १२ चौका प्रहार गरे ।

उनको विष्फोटक ब्याटिङको मद्दतमा अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै २४१ रनको भीमकाय स्कोर खडा गरेको छ । अन्तिम ओभरमा अष्ट्रेलियाले २५ रन जोडेको थियो भने पछिल्लो ५ ओभरमा ७७ रन जोडेको थियो । टीम डेभिडले १४ बलमा ३१ रनको योगदान दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *