मेस्सीविरुद्ध किन भड्के हङकङका फुटबलप्रेमी – Nepal Press

मेस्सीविरुद्ध किन भड्के हङकङका फुटबलप्रेमी

काठमाडौँ । विश्व फुटबलका स्टार लिया्ेनल मेस्सीविरुद्ध हङकङमा समर्थक हरुले आक्रोश व्यक्त गरेका छन् । इन्टर मियामीको प्रि–सिजन टुरअन्तर्गत हङकङ ११ विरुद्धको खेलमा लियोनल मेस्सी मैदानमा नओर्लेपछि उनका समर्थकहरुले आक्रोश ब्यक्त गरेका हुन् ।

मियामीले खुट्टामा समस्या भएको कारण मेसीलाई मैदानमा उतार्न नसकेको जनाएपनि मेस्सी आउने नाउमा टिकट बेचेर उनलाई बेन्चमा राखेको भन्दै समर्थकले पैसा फिर्ताको माग समेत गरेका छन् ।

चोटबाट मुक्त नभएका मेसीलाई खेदाउँदा जोखिम बढने बताउँदै मियामीले समर्थकसँग माफी मागेपनि समर्थकहरुले आयोकजले झुक्याएर टिकट वितरण गरेको र मेसिको खेल हेर्न गलत सन्देश प्रवाह गरेको भन्दै प्रर्दशन गरेका हुन् ।

मेस्सी आउने सूचनासँगै हङकङको स्टेडियममा भएको खेलमा ४० हजार टिकट विक्रिमा राखिएको थियो । मेस्सीको जादु हेर्नको लागि टिकट खुलेको एक घण्टामा नै सबै टिकटहरु बिक्री भएका थिए । तर मैदानमा विश्व विजेता मेस्सीलाई नदेखेपछि फ्यानहरु आक्रोशीत भएका थिए । खेलको अघिल्लो दिन भएको प्रशिक्षणमा सामान्य सहभागिता जनाएका मेस्सीलाई मैदानमा उतारेर आउँदो सिजनमा जोखिम नलिने मियामीको अडानपछि मेसी मैदानमा उत्रेनन् र फ्नाहरु निराश भए ।

मेस्सी अनुपस्थित खेलमा मियामीले हङकङलाई ४–१ गोलले पराजित गर्न सफल बन्दा पनि मियामी बिरुद्ध दर्शकहरुले चर्को नारावाजी गरेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । खेल जितेपछि मियामीका अध्यक्ष डेभिट बेकह्यामले रंगशालामा दर्शकहरुलाई अविभादन गर्दा समेत उनलाई पनि समर्थकले प्ले कार्ड देखाएर चर्को विरोध गरे ।

उनीहरुले रंगशालाबाटै कराएर बेकह्यामसँग खेलको पैसा फिर्ता गर्न अनुरोध गरेको दृष्य रोचक देखिन्थ्यो । मेस्सीले खेलमा भाग नलिएमा कुनै रकम फिर्ता हुने छैन भनी टिकट खरिद गर्दा प्रशंसकहरूलाई स्पष्ट भने गरिएको थियो ।

रंगशालामा लगातार मेस्सी विरोधी स्वरहरु आउन थालेपछि मियामीक मुख्य प्रशिक्षक जेरार्डो मार्टिनोले भने, ‘यदि हामीसँग उनले केही समय खेल्न सक्ने सम्भावना थियो भने हामीले त्यसो गर्ने थियौं । तर त्यसो गर्न गम्भिर जोखिम मोल्नुपर्ने हुन्थ्यो र त्यसै यो निर्णय लिएका हौं ।’

विवाद र आक्रोश बढेपछि हङकङको खेलकुद मन्त्रालयले आयोजकसँग स्पष्टीकरण माग्दै मेस्सीले कम्तिमा आधा समयसम्म भएपनि खेल्नुपर्ने जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै हङकङका खेलकुद सचिव केभिन येउङले समर्थकको भावनामा आयोजकले खेलवाड गर्न नहुने धारण ब्यक्त गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *