यू-१९ महिला साफ च्याम्पियनसिपकाे पहिलाे खेलमा नेपाल पराजित – Nepal Press

यू-१९ महिला साफ च्याम्पियनसिपकाे पहिलाे खेलमा नेपाल पराजित

काठमाडौ । यू–१९ महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा नै पराजय व्यहोरेको छ । बंगलादेशको ढाकामा भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले नेपाल पराजित भएको हो । खेलको ४० औं मिनेटमा बंगलादेशकि सागोरिकाले गोल गर्दै टिमलाइ १–० को अग्रता दिलाउन सफल भइन ।

त्यसको ठीक दुई मिनेट पछि बंगलादेशले अग्रता दोब्बर बनायो । बंगलादेशको लागि मुन्की अख्तरले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा नै दुई गोलको अग्रता बनाउन योगदान गरिन ।

दोश्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको ५४औ मिनेटमा नल सुक्रिया मियाको गोलबाट गोलअन्तर २–१ मा झार्यो । तर ५८ औं मिनेटमा पुनःबंगलादेशकि सागोरिकाले गोल गर्दै बंगलादेशलाई ३–१ को जित दर्ता गराइन ।

ढाकामा जारी प्रतियोगितामा आयोजक बंगलादेश सहित नेपाल, भारत र भुटान गरि चार टोली रहेका छ्न । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष २ टिम फाइनलमा खेल्ने छ्न । नेपाल ले अब माघ २१ मा भुटानसङ्ग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *