सदन र समितिका बैठक ‘बंक’ नहान्न मन्त्री र सांसदलाई कांग्रेसको निर्देशन – Nepal Press

सदन र समितिका बैठक ‘बंक’ नहान्न मन्त्री र सांसदलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको संघारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा संसदमा पार्टीको दरिलो उपस्थितिबारे केही निर्णय नै गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

सदन र संसदीय समितिमा गणपुरक संख्या नपुगेको विषयमा बैठकको ध्यानाकर्षण भएको उनको भनाइ छ । समिति बैठकमा, मन्त्री र सांसद अनिवार्य उपस्थित हुन निर्देश गरिएको छ । साथै बैठकभर क्रियाशीलरूपमा भाग लिन पनि भनिएको छ ।

सदनको अधिवेशन चल्दासम्म कांग्रेस सांसदले राजधानी छाड्न नपाउने जानैपरे प्रमुख सचेतक र सचेतकबाट लिखित अनुमति लिएर छाड्नुपर्ने निर्देशन दिइएको पनि लेखकले बताए ।

‘संसद र संसदीय समितिमा गणपूरक नपुगिरहेकाले समिति र सदनमा मन्त्री अनिवार्य उपस्थित भएर सांसदका कुरा सुन्न भनिएको छ । सांसदहरूलाई पनि सदनको अधिवेशन चल्दासम्म कांग्रेस सांसदले राजधानी नछाड्ने । प्रमुख सचेतक र सचेतकबाट लिखित रूपमा अनुमति लिएर छाड्नुपर्ने निर्देश गरिएको छ’, लेखकले भने ।

बाँकी विधेयक चाँडो लैजान र विचाराधीन विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सरकारलाई आग्रहसहित अन्य राजनीतिक दललाई पनि आवश्यक भूमिकाको लागि अपील गर्ने पनि बैठकले निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर