एमालेले गठबन्धनमा उलटफेर ल्याउन खोजेको माधव नेपालको आरोप (भिडिओ) – Nepal Press

एमालेले गठबन्धनमा उलटफेर ल्याउन खोजेको माधव नेपालको आरोप (भिडिओ)

‘कोशीको भोट क्रसको विषय गठबन्धनमा मात्रै होइन, दलभित्र पनि छलफलको विषय बन्यो’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभाको निर्वाचन उपयोग गरेर गठबन्धनमा उलटफेर ल्याउने एमालेको प्रयास असफल भएको दाबी गरेको छन्।

पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीलाई सिध्याउने उद्देश्यले गठबन्धन दलमा एमालेले सहकार्यको प्रस्ताव गरेको आरोप लगाए।

उनले भने- कोशीमा गठबन्धनका भोट क्रस भएर कोशीमा एमालेको उम्मेदवारले जित्न सफल भएको छ। एमाले गठबन्धनमा रहेका दलहरुसँग सहकार्य गर्ने र गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ। राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन दलसँग छलफल गरेपनि त्यो सबै हाम्रो पार्टीप्रति लक्षित थियो। त्यस अर्थमा पनि त्यो सहमति सफल हुन सकेन।

उनले गठबन्धन दल एकजुट भएपछि कमजोर बनाउने एमालेको प्रयत्व असफल भएको जिकिर गरे।

उनले भने- गठबन्धन दलसँग कुरा नमिलेपछि एमालेले राप्रपासँग गठबन्धन गर्न पुग्यो, त्यसैले यो निर्वाचनमा एमाले शुन्य हुनबाट जोगिएको छ। यो परिणामले गठबन्धनमा उलटफेर नभएपछि भोट क्रसको बिषय सबै दलमा छलफलको बिषय बन्न पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर