हिउँ चितुवा तस्करीमार्फत माेरङ पुगेको आशंका, कार्यदल बनाएर अनुसन्धान गरिने (भिडिओ) – Nepal Press

हिउँ चितुवा तस्करीमार्फत माेरङ पुगेको आशंका, कार्यदल बनाएर अनुसन्धान गरिने (भिडिओ)

काठमाडौं । मोरङको उर्लाबारीमा भेटिएको हिउँ चितुवा तस्करी अथवा अवैध रुपमा संरक्षण गरेर राखिएको आशंका गरिएको छ ।

शुक्रबार हिम चितुवाको अवस्थाबारे जानकारीका लागि गरिएको पत्रकार सम्मेलनमा प्रकृति संरक्षण कोषले उर्लाबारी जस्तो स्थानमा हिउँ चितुवा देखिनु अस्वाभाविक भएको बतायो ।

हिउँ चितुवा उर्लावारीमा भेटीएलगतै विभिन्न आशंकाहरु राख्दै उक्त चितुवा तस्करीको भएको हुनसक्ने विज्ञहरुले बताएए । प्रकृति संरक्षण कोषका वरिष्ठ इकोलोजिस्ट श्यामकुमार शाहले पाटेबाघको स्थानमा हिउँ चितुवा देखिनु अस्वाभाविक भएको बताए ।

हिउँ चितुवाको अवस्था देख्दा ‘वाइल्ड लाइफ नेचर’ अर्थात वास्तविक पृष्टभूमिमा नहुर्केको अनुमान गर्न सकिने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल पंछी संरक्षण संघका अध्यक्ष करन बहादुर शाह बताउँछन् ।

उनका अनुसार हिउँ चितुवा वास्तविक परिवेशभन्दा फरकमा हुर्किएको छ । जसबाट अवैध रुपमा राखेको अथवा तस्करी गरेको हुनसक्ने देखिएको उने बताए ।

‘हिउँ चितुवालई हेर्दा असामान्य कुराले आएको लाग्छ । जुुन स्वभाविक पनि हो । म स्वंयम प्रत्यक्ष रूपमा त्यहाँँको ठाउँबाट वाकिफ छु । मेरो अनुुभव र भोगाईले उर्लाबारीमा हिउँ चितुवा आउने बाटो भनेको ताप्लेजुङ र कञ्चनजंघा क्षेत्र हो । यी दुवै क्षेत्रमा वर्षाै अनुसन्धान गरिएको छ । यी ठाउँँबाट हिउँ चितुवा आउन एकै दिन लाग्दैन । पहाडैै पहाड र ठूला–ठूला नदीहरू रहेका छन्’, शाहले भने, ‘स्नो लियोपार्ड’का लगि बाधक तत्वहरु धेरै रहेका छन् । त्यसैले त्यहाँबाट आउने सम्भावना छैन । चितुवाको शरीर हेर्दा पूर्णरुपमा विकसित भएको छैन । चितुवाको फर अर्थात भुत्लाहरु हेर्दा पनि पुच्छर र शरीरमा हुने भुत्लाको साइज पनि म्याच हुँदैन । शरीरको फर हेरेर पनि पूर्णरुपमा वास्तविक परिवेशमा नहुुर्केको हुनसक्ने स्पस्ट देखिन्छ ।’

यता हिउँ चितुवाले एक रातमा ३० देखि ४० किलोमिटरको दूरी तय गर्न सक्ने भएकोले मानव बस्तीमा आएर अलमलिएको हुनसक्ने हिउँ चितुवा सम्बन्धी पीएचडी गरेका विज्ञ मधु क्षेत्री बताउँछन् ।
उक्त हिउँ चितुवाको तौल किरब ४० केलोग्राम र उमेर करिब ३ वर्षको हुनसक्ने क्षेत्रीले बताएका छन् ।

विज्ञहरुको प्रारम्भीक अनुमान र आफ्नो अनुभवले उक्त चितुवा मानव बस्तीमा आएर अलमलिएको हुुनसक्ने उनको भनाइ छ ।

हिउँ चितुवाको विषयमा विज्ञहरुसहितको कार्यदल बनाएर विभिन्न चरणबाट अनुसन्धान हुने वन तथा वातारण मन्त्रालय सचिव डा. दीपक कुमार खरालले बताए ।

‘हिउँ चितुवाको विषय गम्भीर भएकोले विभिन्न चरणबाट अनुसन्धान हुनुपर्ने देखएको छ । नेपालको जलवायु परिवर्तनको अवस्थालाई पनि हेर्दै यसबाट पनि अनुसन्धान हुनेछ । हरेक दृष्टिकोणबाट अनुसन्धानका लागि मन्त्रालयमा छलफल भइसकेको छ’, उनले भने, ‘अब विज्ञहरुसहितको कार्यदल बनाएर अनुसन्धान गरिनेछ । अनुसन्धानसँगै यसका अन्य पाटाहरुलाई पनि हेर्दै अनुसन्धान गरिनेछ । विज्ञहरूबाट आएका विषयबाहेकका विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ र यो विषय हाम्रो अनुसन्धानले समेट्नेछ् ।’

माघ ९ गते उर्लाबारीमा भेटिएको हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भए पनि भित्री कुनै चोट नभएको तथा अवस्था सामान्य भएको कोषले जनाएको छ । उक्त हिउँ चितुवालाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र प्रकृति संरक्षण कोषको टोलीले संयुक्त रुपमा उद्धार गरेको थियो ।

हिउँ चितुवा अहिले ललितपुरको सदर चिडियाखाना जावलाखेलमा राखिएको छ । कोषका अनुसार विश्वमा ५०० देखि ५ हजार ८०० मिटर उचाइको क्षेत्रमा पाइने हिउँ चितुवा नेपालमा भने दुई हजारदेखि ६ हजार मिटर उचाइमा पाइन्छ । तर, उर्लाबारीमा भेटिएको हिउँ चितुवा समुद्र सतहको १४६ मिटर उचाइमा पाइएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *