नेपाली मिडफिल्डर एरिक भारतीय क्लब लाजोङमा अनुबन्धित – Nepal Press

नेपाली मिडफिल्डर एरिक भारतीय क्लब लाजोङमा अनुबन्धित

हेटौँडा । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य तथा मिडफिल्डर एरिक विष्ट भारतीय आई लिग टोली सिलोङ लाजोङले अनुबन्धित भएका छन् । सिलोङले सामजिक सञ्जालमार्फत नेपाली मिडफिल्डर एरिकलाई आई–लिगमा अनुवन्धन गरेको सार्वजनिक गरेको हो ।

एरिकले भारतमा जारी आई–लिगको बाँकी खेल लाजोङबाट खेल्नेछन् । सन् २०२० मा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यू गरेका एरिक अहिलेको समयका नेपाली फुटबलका उम्दा मिडफिल्डर हुन् ।

केही समय अघि काठमाडौँमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसीका कप्तान पनि कप्तान सम्हालेका विष्ट सहिद स्मारक ए डिभिजन लिगको विजेता चर्च ब्वाई युनाईटेडका खेलाडी समेत हुन् ।

दुई सिजन एनएसल र सहिद स्मारक ए डिभिजन लिग खेलेका उनले एनएसएलको पहिलो सिजन ललितपुर सिटि र सहिद स्मारक लिगको पहिलो सिजन न्युरो टिम एनआरटीबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

लाजोङबाट आई लिग खेल्ने उनि नेपालका दोश्रो खेलाडी हुनेछन् । यस अघि नेपालका पुर्व कप्तान अनिल गुरुङले पनि लाजोङको लागि आई लिग खेलेका थिए । फुटबललाई निकै माया गर्ने भारतको मेघालयलाई लाजोङले प्रतिनिधित्व गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर